×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धौलागिरी लघुवित्त वित्तीय संस्थाले ३ लाख कित्ता आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

धौलागिरी लघुवित्त वित्तीय संस्थाले ३ लाख कित्ता आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

Artha Sarokar

१६ माघ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । धौलागिरी लघुवित्त वित्तीय संस्थाले ३ लाख कित्ता आइपिओ जारी गर्ने भएको छ । संस्थाले उक्त आइपिओ जारी गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त गरेको हो ।धौलागिरी लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मीनबहादुर बोहरा तथा सनराइज क्यापिटलका तर्फवाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
धौलागिरी लघुवित्त वित्तीय संस्था राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको ईजाजतपत्र प्राप्त गरी २०७५ फागुन १ गतेदेखि वित्तीय कारोबार गर्दै आईरहेको संस्था हो । पुस मसान्तसम्ममा यस संस्थाले नेपालका २० जिल्लामा ४६ वटा शाखा कार्यालयहरूमार्फत सेवा प्रदान गर्दै आइरहेको छ । हाल चुक्ता पूँजी ७ करोड रहेकोमा आइपिओ निष्काशन भएपछि १० करोड चुक्ता पूँजी कायम हुने संस्थाले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी