×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुन्तला किसानलाई केआइसिंह गाउँपालिका–४ ले दियो क्यारेड र डिजिटल तराजु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सुन्तला किसानलाई केआइसिंह गाउँपालिका–४ ले दियो क्यारेड र डिजिटल तराजु

Artha Sarokar

२२ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

डोटी । केआइसिंह गाउँपालिका–४ का सुन्तला खेती गर्दै आएका किसानलाई सुन्तला राख्न र जोख्नका लागि क्यारेड तथा डिजिटल तराजु वितरण गरेको छ । कृषि ज्ञान केन्द्रले उक्त गाउँपालिका–४ बालाबनको कलारी कृषक समूहका २४ किसानलाई सो सामग्री वितरण गरेको हो ।
वर्षौंदेखि सुन्तलाखेती गर्दै आइरहेका यहाँका किसान उत्पादन भएका सुन्तला डोकामा बोकी बजारसम्म ल्याउने गरेका कारण धेरै जसो सुन्तला बिग्रने तथा डोकामा सुन्तला फुट्ने गरेका र तौलिँदा घाटा हुने गुनासो आएपछि ज्ञान केन्द्रले किसानको मागबमोजिम उक्त सामग्री वितरण गरेको कृषि ज्ञान केन्द्र प्रमुख नरेन्द्र पनेरुले बताउनुभयो ।
उहाँले भन्नुभयो, “बालाबन राम्रो सुन्ताल उत्पादन हने क्षेत्र हो, सडक सुविधा नहुँदा किसानका सुन्तला बजारसम्म डोकोमा लैजाँदा बिग्रिने र नोक्सान हुने समस्या भएपछि हामीले घरैमा सुन्तला जोख्नका लागि तराजु र सुन्तला राख्न क्यारेड दिएका छौँ, अब सुन्तला बिग्रिँदैन ।”
कृषि ज्ञान केन्द्रले दिएका तराजु र क्यारेड पाएपछि अहिले यहाँका किसान खुसी भएका सुन्तला किसान रामसिंह धामीले बताउनुभयो । बलाबन गाउँपालिकाभरिकै सुन्तला पकेट क्षेत्रका रुपमा चिनिने गरेको छ । यस क्षेत्रमा कम्तीमा पनि ५०० देखि ६०० सम्म सुन्तलाका बोट रहेका छन् । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी