×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अफगानी नागरिकको सहयोगार्थ महासंघद्धारा बन्दोबस्तीका सामग्री प्रदान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अफगानी नागरिकको सहयोगार्थ महासंघद्धारा बन्दोबस्तीका सामग्री प्रदान

Artha Sarokar

२ माघ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मानवीय संकट गहिरिदै गएको अफगानिस्तानका नागरिकका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत बन्दोबस्तीका सामग्रीहरू पठाएको छ । महासंघले उक्त सामग्री नेपाल सरकार परराष्ट्र मन्त्रालय मार्फत त्यसतर्फ पठाएको हो ।

महासंघ अध्यक्ष शेखर गोल्छाले परराष्ट्र मन्त्री डा. नारायण खडकालाई हस्तान्तरण गरेको छन् । मन्त्रालयको आग्रहमा महासंघले करिब आठ सय किलोग्राम बराबरको अत्यावश्यकीय भाडाकुडा लगायत वन्दोवस्तीका सामाग्रीहरु उपलब्ध गराएको हो ।

युद्धग्रस्त मुलुक अफगानिस्तानमा दैनिक उपभोग्य सामाग्रीको चरम अभावले नागरिकको दैनिकी अत्यन्त कष्टकर बन्दै गएको हुदा जीवनयापन केहि सहज होस भनेर महासंघले उक्त सहयोग उपलब्ध गराएको हो ।

नेपालबाट सहयोग सामाग्री बोकेको जाहाज आइतबार अफगानिस्तानको राजधानी काबुल उडेको छ । मुुलुकभित्र वा बाहिर समस्यामा परेका सर्वसाधारण नागरिकको सहयोगका लागि महासंघले सधै अग्रभागमा रहेर सहयोग गर्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी