×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अवैध एक किलो सुनसहित पोखराका युवक पक्राउ, माइक्रोबस चेक गर्दा प्रहरीनै छक !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

अवैध एक किलो सुनसहित पोखराका युवक पक्राउ, माइक्रोबस चेक गर्दा प्रहरीनै छक !

१६ माघ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अवैध एक किलो सुनसहित काठमाडौंबाट पोखरा जाँदै गरेका एक युवक पक्राउ परेका छन् ।  वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग१ख २९६९ नम्बरको हाइस माइक्रोबसलाई जाँच गर्ने क्रममा रेशम सुनारलाई अवैध एक किलो सुनसहित पक्राउ गरेको हो ।
पोखरा-३० पावरहाउस चोकबाट करिब १ किलो बराबरको बिस्कुटको आकारमा रहेको सुनसहित उनलाई शनिबार राती प्रहरीले पक्राउ गरेको हो । सो सुनको मूल्य झन्डै ८० लाख रुपैयाँ पर्न आउँछ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: