काठमाडौं । साताको कारोबारको पहिलो दिन आईतबार सुनको मूल्य घटेको छ । शुक्रबार ९२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७९ हजार २ सय २० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।