काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य बढेको छ । मंगलबार ९२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७९ हजार ४ सय ७५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय १ रुपैयाँ ५० पैसा कायम गरेको छ ।