Skip to content
LAXMI SUNRISE BANK

गुराँस लाइफद्धारा नव युवा बाल सुधार समाजमा रहेको अनाथ बालबालिकालाई विभिन्न सामानहरु हस्तान्तरण

अर्थ सरोकार

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले अनाथ बालबालिकाहरुलाई न्यानो कपडा (ज्याकेट) झोला तथा स्टेश्नरी सामानहरु वितरण गरेको छ ।

कम्पनीले पौष २४ गते शनिवारका दिन कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व(Corporate Social Responsibility) अन्तर्गत बुढानिलकण्ठ नगरपालिका वडा नं.३, मुहानपोखरीमा अवस्थीत नव युवा बाल सुधार समाजमा रहेको अनाथ बालबालिकाहरुलाई एक कार्यक्रमकाबीच उक्त सामान हस्तान्तरण गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालले एक कार्यक्रमकाबीच समाजका अध्यक्ष शिव शंकर नेपालीमार्फत बालबालिकालाई सो सामान हस्तान्तरण गरेका हुन् ।

बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठका प्रमुख आतिथ्यतामा संचालित उक्त कार्यक्रममा कम्पनीका क्षेत्रीय कार्यालय ललितपुरका क्षेत्रीय प्रमुख रुपक के.सी.ले स्वागत मन्तव्य व्यक्त गरेका थिए । साथै कम्पनीका प्रबन्धक बोधलाल पुरीले संचालन गरेका सो कार्यक्रममा कम्पनी कर्मचारी संघका अध्यक्ष सुशन नेपाल तथा कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

१९ वर्ष देखि संचालनमा रहेको नव यूवा बाल सुधार समाजलाई CSR अन्तर्गत कम्पनीको तर्फबाट सानो सहयोग गर्न पाएकोमा आफूलाई खुशी लागेको एवं कम्पनीको यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने कम्पनीको प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए । साथै वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले यस कार्यक्रमको लागि कम्पनीलाई धन्यवाद ज्ञापन गरे । यस सहयोग हस्तान्तरण कार्यक्रमको लागि समाजको तर्फबाट धन्यवाद गर्दै समाज र राष्ट्रका कर्णधार बालबालिकालाई गरेको यस सहयोग सधैँ सम्झिरहने जानकारी गराए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK