काठमाडौं । हिमालयन बैंकको खुद नाफा १३.८०% ले बढेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले खुद नाफा १३.८०% ले बढेर ७४ करोड ३४ लाख ५० हजार रुपैयाँ पुगेको जनाएको हो । गत वर्षको यसैअवधिमा भने ६५ करोड ३२ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ८.९१% र ७.६६% ले बढेको छ । हाल बैंकको चुक्ता पूँजी १२ अर्ब ९६ करोड ८७ लाख रुपैयाँ रहेको छ । रिजर्भ कोषमा ९.८५% वृद्धि हुँदै ७ अर्ब १५ करोड १२ लाख रुपैयाँ जम्मा भएको छ ।
यस्तै बैंकको पुस मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा २४ करोड ५१ लाख ५२ हजार रुपैयाँ छ भने प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४७ पैसा र प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ५ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्