×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२४ लाखको लागतमा अस्पतालमा ५० किलोवाटको ‘जेनेटर’ सञ्चालनमा, टुकि बालेर स्वास्थ्य सेवा दिनुपर्ने अवस्थाको अन्त्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

२४ लाखको लागतमा अस्पतालमा ५० किलोवाटको ‘जेनेटर’ सञ्चालनमा, टुकि बालेर स्वास्थ्य सेवा दिनुपर्ने अवस्थाको अन्त्य

Artha Sarokar

१९ पुष २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

हुम्ला । हुम्ला जिल्ला अस्पतालमा ५० किलोवाटको ‘जेनेटर’ सञ्चालनमा आएको छ । जिल्लामा विद्युत् नियमित नहुँदा सेवाग्राहीले समस्या भोग्दै आएका थिए । जेनेटर सञ्चालनपछि स्वास्थ्यकर्मीलाई सेवा प्रदान गर्न सहज भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “विद्युत् आपूर्ति नियमित नहुँदा उपचारमा बाधा पुगिरहेको थियो, जेनेरेटर जडान गरी सञ्चालनमा आएसँगै अस्पतालबाट चौबीसैँ घण्टा सेवा प्रवाह गर्न सहज भएको छ । ” उहाँका अनुसार कर्णाली प्रदेश सरकारको विशेष सहयोगअन्तर्गत ६२।५ केभिए क्षमताको जेनेटर जडान गरिएको हो ।

यसअघि विद्युत्को अनियमितताले सुत्केरी गराउन तथा शल्यक्रिया गर्न समस्या हुनुका साथै भिडियो एक्सरे तथा सिटीस्क्यान गर्नसमेत बाधा पुगिरहेको थियो । अस्पतालले अत्यावश्यक कामका लागि जेनेरेटर चौबीसैँ घण्टा सञ्चालन गर्ने जनाएको छ । हिल्दुम साना जलविद्युत् आयोजनाबाट नियमित विद्युत् आपूर्ति नहुँदा यसअघि बत्ती हेरेर स्वास्थ्योपचार गर्नुपर्ने बाध्यता थियो ।

अस्पतालका लागि उक्त जेनेरेटरको लागि बजेट व्यवस्थापन गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सामाजिक विकास मन्त्रालयलाई विशेष निर्देशन दिनुभएको थियो । मुख्यमन्त्री नियुक्त भएपछि जिल्ला अस्पताल हुम्लामा पुग्दा उहाँसमक्ष अस्पतालले विद्युत्को समस्याले सेवा प्रवाहमा समस्या रहेकाले त्यसको विकल्प दिन कार्यालयले माग गरेको थियो ।

उक्त अवसरमा मुख्यमन्त्री शाहीले अस्पतालको माग पूरा गरिदिने वचन दिनुभएको थियो । खरिददेखि ढुवानी जडानसम्म गरी झण्डै २४ लाखमा जेनेटर सञ्चालनमा आएको जनाइएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी