×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँ र सर्लाहीमा रहेको ३ रोपनी बढी जग्गा लिलाम गर्दै आईसिएफसी फाइनान्स, २६ गतेभित्रमा बोलपत्र बुझाउनुपर्ने

GLOBAL IME BANK
SHREE KESH

काठमाडौँ र सर्लाहीमा रहेको ३ रोपनी बढी जग्गा लिलाम गर्दै आईसिएफसी फाइनान्स, २६ गतेभित्रमा बोलपत्र बुझाउनुपर्ने

२० पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आईसिएफसी फाइनान्सले आफ्नो स्वामित्वमा रहेको ३ रोपनी बढी जग्गा बिक्री गर्ने जनाएको छ ।  कम्पनीले काठमाडौँ र सर्लाहीमा रहेको सो जग्गा बिक्री गर्नको लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको  हो । कम्पनीका अनुसार काठमाडौँमा रहेको १ रोपनी १० आना जग्गा र सर्लाहीमा रहेको १ रोपनी १२ आना जग्गा बिक्री गर्न लागिएको हो ।
कम्पनीले मालपोत कार्यालय कलंकी काठमाण्डौमा आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडको नाममा दर्ता कायम रहेको का.जि. साविक टल्कुड्डे चौर वडा नं. ४ क, कि.नं. ४८, क्षेत्रफल रोपनि १-१०-०-० (८२६.७० ब.मि ) को जग्गा र सोमा भए रहेका सम्पूर्ण लिगलगापातहरुसमेत र मालपोत कार्यालय हरिवन सर्लाहिमा आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडको नाममा दर्ता कायम रहेको सर्लाही जिल्ला साबिक पत्थरकोट वडा नं. ६ क, कि.नं. ३५९, क्षेत्रफल विगाहा १-१२-०-० को जग्गा सोमा भए रहेका सम्पूर्ण लिगलगापातहरुसमेत बिक्री गर्नको लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।
कम्पनीले पुस २६ गतेभित्रमा बोलपत्र बुझाउन आग्रह गरेको छ । यस्तै पुस २८ गते बोलपत्र खोलिने छ । कम्पनीले आवेदन दिंदा कबुल गरेको रकमको १० प्रतिशत रकम धरौटी वापत बुझाउनु पर्ने जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: