मङ्गलबारे । निर्माण भएको डेढ वर्ष बित्दा पनि इलाम बसपार्क सञ्चालनमा आउन सकेको छैन ।
सम्वन्धित निकायले चासो नदेखाउँदा करोडौँ रकम खर्चेर इलाम नगरपालिका ९ शेरामा निर्माण गरिएको बसपार्क हालसम्म पनि सञ्चालनमा आउन नसक्दा स्थानीयवासी चिन्तित छन् ।
स्थानीय दाताहरुले बसपार्क निर्माणका लागि साढे १० रोपनी जग्गा निशुल्क उपलब्ध गराए पनि बसपार्क सञ्चालन नहुँदा उनीहरू चिन्तित भएका हुन् । विसं २०७३ असार १६ मा ठेक्का सम्झौता भई निर्माण सुरु भएको बसपार्क २०७७ साल जेठमा नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । नगरपालिकाको स्वामित्वमा आएपछि बसपार्क सञ्चालन हुने आशा गरेका नगरवासी एकाएक अर्कै प्रयोजनमा ल्याउन लागेको थाहा पाएपछि आश्चार्यमा परेका छन् ।
सघन सहरी विकास तथा भवन निर्माण आयोजनाले बसपार्क निर्माणका लागि प्रथम चरणममा एक करोड आठ लाख र दोस्रो चरणमा तीन करोड ४ लाख गरी जम्मा चार करोड १२ लाख खर्च गरेको बताइएको छ । हाल नगरपालिकाले निजी जग्गा भाडामा लिएर बसपार्क सञ्चालन गरिरहेकाले सम्पन्न भइसकेको बसपार्क सञ्चालन नगरेको भन्दै नगरबासीले बिरोध जनाउन थालेका छन् । हाल सो स्थानमा नगरपालिकाले ९ नम्बर वडा कार्यालय सञ्चालन गरिरहेको र अब कृषि क्याम्पस सञ्चालनको तयारी गरेको छ ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्