Skip to content
LAXMI SUNRISE BANK

फेसबुक पेजमा १०००० लाईक पुगेको उपलक्ष्यमा आईएमई लाइफ इन्स्योरेन्सको मास्कट सार्वजनिक

अर्थ सरोकार

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको फेसबुक पेजमा १०००० लाईक पुगेको छ । कम्पनीले जनाएअनुसार उक्त सबै लाईक आफ्ना कर्मचारी, अभिकर्ताहरु, ग्राहकहरु तथा हितैषीहरुको सामूहिक प्रयासबाट प्राप्त अग्र्यानिक लाईक मात्रबाट सम्भव भएको हो । यसको लागी छुट्टै बिज्ञापन गरिएको थिएन् ।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले आईएमई लाइफ इन्स्योरेन्सको प्रतिनिधित्व गर्ने मास्कट पनि सार्वजनिक गरेका छन् । अबको युग डिजिटल प्रविधि उन्मुख रहेको हुनाले कम्पनीका सबै काम काज डिजिटल प्रविधिमार्पmत गर्ने कम्पनीको लक्ष्य रहेको हुनाले त्यसै अनुरुपको सन्देस दिन कम्पनीको मास्कट पनि रोबोट तथा मानवको हाइब्रिड स्वरुपमा लिएर आएको पनि उनले बताए ।

डिजिमी(digIME)नामदिएर सार्वजनिक गरिएको उक्त मास्कटले भविष्यमा ग्राहकहरु तथा अन्य सर्वसाधारणहरुसँग आईएमई लाइफ इन्स्योरेन्स कम्पनिको प्रतिनिधिको रुपमा सम्वाद गर्ने कुरासमेत कम्पनीद्वारा जारि बिज्ञप्तिमा उल्लेख छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK