×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्फिनिटी लघुवित्त संस्थाको पाँचौे वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा बलराम विष्ट चयन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

इन्फिनिटी लघुवित्त संस्थाको पाँचौे वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा बलराम विष्ट चयन

२ माघ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । इन्फिनिटीलघुवित्तवित्तीय संस्थाको पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको अध्यक्ष खेमराज नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालय गैंडाकोट, नवलपरासी (ब.सु.पु)मा २०७८ पौष २७गते सम्पन्न भएको हो ।

उक्त साधारणसभामा कम्पनी सचिव तथा प्रमुखकार्यकारी अधिकृत प्रवीणकुमार लामाले भौतिक र भर्चुअल माध्यमद्धारा उपस्थित सञ्चालक, अतिथि र सम्पूर्ण शेयरधनीहरुलाई स्वागत गरेका थिए । साधारणसभाले मुख्यतया आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट चुक्तापुँजी ३२,४६,०३,४७२ को २७.७० प्रतिशत बोनस शेयर, १.४६ प्रतिशतले नगद लाभांश (बोनश शेयर लाभांशमा लाग्ने कर प्रयोजनको लागि)पारित गरेको थियो ।

सभामा संस्थापक शेयरधनीहरुको तर्फवाट विष्णु कुमार घिमीरे, रमेशकुमार कर्माचार्य, रामकृष्ण डंगोल र धरा नेपाल जोशीनिर्विरोध निर्वाचित भएको थिए । साधारणसभापश्चात २०७८ पौष २७ गते बसेको ७७औं बैठकबाट अध्यक्षपदमा सञ्चालक बलराम विष्ट चयन भएका छन् । विष्टले पौष २८ गतेनै नेपाल राष्ट्रबैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल समक्ष पद तथा गोपनियताको शपथ लिएका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: