काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आफ्नो पाँचौं वार्षिकोत्सव मनाएको छ ।
पाँचौं वार्षिक उत्सवको पुर्व सन्ध्यामा गैंडाकोट नगरपालिका वडा नं १ मा रहेको नव जिवन अपाङ्ग बाल आश्रममा रहेका अपाङ्ग बालबालिकाहरुका लागि संस्थाको तर्फबाट सहयोग सामाग्री वितरण वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रविण कुमार लामा तथा गैंडाकोट नगरपालिका वडा नं २ का वडा अध्यक्ष ध्रुवराम पौडेलले संयुक्त रुपमा गरेका छन् ।
यस्तै संस्थाको चुक्ता पुँजी ४१ करोड ४५ लाख १३ हजार २८४ रहेको छ । यस संस्थाले देशभरी नै लघुवित्त सेवा विस्तार गर्ने अठोट लिए अनुसार कार्यक्रमलाई विस्तार गर्न, लघुवित्त वित्तीय संस्थाहरुमा दोहोरोपनामा कमी ल्याउन, संस्थालाई अझ सक्षम तथा दिगो बनाउन नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी मिति २०७८ भाद्र ४ गतेदेखि एकीकृत कारोबार गरेको यस संस्थाको पहुंच नेपालका सातै प्रदेशका ४१ जिल्लामा रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्