काठमाडौँ । माघ महिनाको ब्याजदर नबढ्ने भएको छ । नेपाल बैंकर्स संघले ब्याजदर यथावत राख्ने समझदारी गरेपछि माघ महिनामा ब्याजदर नबढ्ने भएको हो । ब्याज नबढाउने सहमति भएसंगै माघ महिनाको लागि मङ्सिर महिना कै ब्याजदरले निरन्तरता पाउने भएको छ । बैंकहरुले ब्याज बढाउँदा पनि निक्षेप् नबढेको र ब्याज बढाउँदा लागत मात्र बढ्ने भएकोले पुस महिनाको लागि पनि ब्यादर बढाएका थिएनन् । यससंगै माघको लागि पनि मङ्सिर र पुसमा कायम ब्याजदर नै रहने छ ।
माघ महिनाको लागि पनि वाणिज्य बैंकहरुले १०.०४८ प्रतिशतसम्मको ब्याज दर कायम राख्नेछन् । १०.०४८ प्रतिशत अधिकतम सीमा हो, बैंकहरुले सो भन्दा कम ब्याजदर पनि कायम गर्न सक्ने छन्। राष्ट्र बैंकले भने बैंक तथा वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा सम्बन्धित वर्गका सबै संस्थाले अघिल्लो महिना प्रकाशन गरेको अधिकतम ब्याजदरको औसत तथा न्यूनतम ब्याजदर (कल निक्षेप बाहेक) को औसतमा बढीमा दश प्रतिशतले मात्र परिवर्तन गरी ब्याजदर निर्धारण गर्न सक्ने व्यवस्था गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्