×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माघ ३ गते हुँदैछ जोशी हाइड्रोपावर कम्पनीको ३ आर्थिक वर्षको वार्षिक साधारणसभा, यस्ता छन् पेस गरिने एजेन्डाहरु

PRIME CA

माघ ३ गते हुँदैछ जोशी हाइड्रोपावर कम्पनीको ३ आर्थिक वर्षको वार्षिक साधारणसभा, यस्ता छन् पेस गरिने एजेन्डाहरु

२९ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । जोशी हाइड्रोपावरको तिन आर्थिक वर्षको वार्षिक साधारणसभा माघ ३ गते हुने भएको छ । कम्पनीको आर्थिक वर्ष २०७५–७६, २०७६–७७ र २०७७–७८ को सभा माघ ३ गते एकैदिन हुने भएको हो । सभा ल्याण्डमार्क हल, दरबारमार्ग काठमाडौंमा बिहान ११.३० बजे सुरु हुनेछ ।
सभामा तिन आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल गरी पारित गर्नेछ । यस्तै सभामा संस्थापक समूहको प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ ।
साथै आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि पेस गरिनेछ । सभाका लागि कम्पनीले पुस २१ गते बुक क्लोज गर्ने भएको छ । पुस २० गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: