काठमाडौं । कोरम नपुगेपछि जोशी हाइड्रोपावर कम्पनीको वार्षिक साधारणसभा स्थगित भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५–७६, २०७६–७७ र २०७७–७८ को सभा एकैसाथ बोलाए पनि कोरम नपुगेपछि स्थगित भएको हो ।
अब कोभिड–१९ संक्रमणलाई ध्यानमा राखी साधारणसभा हुने मिति, समय र स्थान तोकेर पुनः सूचना जारी गर्ने कम्पनीले जानकारी गराएको छ । कम्पनीले जोशीले सभामा ३ आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमा छलफल गरी पारित एजेन्डा बनाएको थियो ।
साथै संस्थापक समूहको प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि थियो । लाभांश वितरण प्रस्ताव भने रहेको छैन । सभा प्रयोजनका लागि कम्पनीले पुस २१ गते बुक क्लोज गरिसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्