Skip to content
LAXMI SUNRISE BANK

न्यूरोडको महर्जन कम्प्लेक्समा फोरनाइन बागलुङ ज्वेलर्सको तेस्रो शाखा सञ्चालन

अर्थ सरोकार

काठमाडौं । फोरनाइन बागलुङ ज्वेलर्सले काठमाडौंको न्यूरोडमा शाखा सञ्चालनमा ल्याएको छ । ‘शुद्धता हाम्रो प्रतिवद्धता’ भन्ने नारासहित फोरनाइन बागलुङ ज्वेलर्सले न्यूरोड स्थित व्यापारिक भवन महर्जन कम्प्लेक्सबाट सेवा सुरु गरेको हो।

करीब १० वर्ष अगाडी बागलुङबाट ज्वेलरीको काम सुरु गरेको थियो चितवनको भरतपुर स्थित सिजील्याण्डमा र्करनारायणगढको मिलनरोडमार्फत सेवा दिँदै आएको उक्त पसलले काठमाडौंका ग्राहलाई मध्यनजर गर्दै न्यूरोडमा तेस्रो शाखा संचालनमा ल्याइएको ज्वेलर्सका अध्यक्ष अमिर सुनारले जानकारी दिए। उनी भन्छन, ‘बागलुङ ज्वेलर्सका ग्राहकहरु काठमाडौंमा पनि छन् । आफ्नो क्षेत्रका ग्राहकहरुको माग पुरा गर्ने, छिटोछरितो सेवा प्रदान गर्ने उद्देश्यसहित नयाँ शाखा विस्तार गरिएको हो ।’उक्त पसल १० करोडको लगानीमा संचालनमा आएको सुनार बताउँछन् ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK