काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले शाखा स्थानान्तरण गरेकोे छ ।
बैंकले तनँहु जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं.०८ ढोरफिर्दी अवस्थित शाखा कार्यालयलाई ग्राहकहरुकोे माग तथा सुविधालाई मध्यनजर गरी तनँहु जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं. ०४ दुलेगौडामा शाखा स्थानान्तरण गरि आईतबार माघ ९ गतेको दिन बैंकका सञ्चालक चतुराखर अधिकारी, देवकृष्ण काफ्ले तथा बलराम बरालबाट संयुक्त रुपमा यस स्थानान्तरित दुलेगौडा शाखा कार्यालयको विधिवत् रुपमा समुद्घाटन सु–सम्पन्न भएको छ ।
Social Media Banking, Internet Banking, Mobile Banking, SMS Banking जस्ता विभिन्न Digital माध्यमहरुबाटसमेत ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको यस बैंकले १२९ वटा शाखा, १ विस्तारित शाखा, १ शाखारहित बैंकिङ सेवा तथा ७७ वटा ATM मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।