सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाले किसानलाई कृषिमा आत्मनिर्भर बनाउन दूधमा प्रतिलिटर दुई रुपैयाँ अनुदान दिने भएको छ । उत्पादित दूध सहकारीमार्फत बिक्री गर्ने किसानलाई गाउँपालिकाले अनुदान दिने भएको हो । “गाउँपालिकाको १०औँ अधिवेशनले पालिकाको कृषिउपज सङ्कलन, प्रशोधन, बिक्री केन्द्र सञ्चालन र व्यवस्थापनका साथै दूधमा अनुदान उपलब्ध गराउने कार्यविधि पारित गरेको छ ।’’ अध्यक्ष वंशलाल तामाङले भन्नुभयो, “कार्यविधि स्वीकृत भएसँगै किसानले दूधमा प्रतिलिटर दुई रुपैयाँ पाउने भएका छन् ।”
‘इन्द्रावती समृद्विको आधार–शिक्षा–कृषि–स्वास्थ्य–पर्यटन र पूर्वाधार’ भन्ने नाराका साथ सम्पन्न अधिवेशनले कृषि क्षेत्रलाई व्यवस्थित गराउन गाउँपालिकाले सहकारी तथा तरकारी सङ्कलन केन्द्रसमेत स्थापना र प्रवद्र्धन गर्ने भएको छ । किसानलाई अनुदान दिने कार्यविधि पारित भएसँगै कृषक व्यावसायिक उत्पादनतर्फ उन्मुख हुन हौसिने गाउँपालिकाको जिकिर छ ।
यसैगरी इन्द्रावती नदी किनारमा वर्षौंदेखि भोगचलन गर्दै आइरहेको ऐलानी जग्गा नापी गर्न आवश्यक बजेट व्यवस्था गर्ने निर्णयसमेत पारित गर्नाका साथै सिपाघाट–ज्यामिरेमाने–नवलपुर–सिम्पाल काभ्रे सडकलाई भृकुटी मार्ग नामकरण गर्ने प्रस्ताव पनि स्विकृत भएको छ ।
सभामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले पालिकाले आर्थिक वर्ष २०७७÷७८ को हालसम्मका उपलब्धिबारे प्रगति प्रतिवेदन प्रस्तुत गर्दै यो आर्थिक वर्षमा १९दशमलव ८१ प्रतिशत मात्रै खर्च भएको र बाँकी योजना सम्झौता र भुक्तानीको क्रममा रहेको उल्लेख गर्नुभयोे ।
गाउँसभाले चौमासिक समीक्षासँगै योजना संशोधन तथा रकमान्तर, करका दर, दायरा थप तथा संशोधन, कार्यविधि स्वीकृत र खरिद समिति तथा मूल्याङ्कन समिति गठनलगायत एजेण्डा पारित गरेको थियो ।-रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्