×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ताप्लेजुङमा धान उत्पादन वृद्धि, २२ हजार १७.२४ मेट्रिक टन उत्पादन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

ताप्लेजुङमा धान उत्पादन वृद्धि, २२ हजार १७.२४ मेट्रिक टन उत्पादन

Artha Sarokar

११ माघ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा यस वर्ष धान उत्पादन वृद्धि भएको छ । विगतका तुलनामा यस वर्ष धान उत्पादन वृद्धि भएको हो ।

जिल्लाको नौ स्थानीय तहमा धान खेतीयोग्य आठ हजार ७३७ हेक्टर क्षेत्रफल जमिनमा धान खेती गरिएको थियो । सो खेतीबाट २२ हजार १७.२४ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र पाँचथर, सम्पर्क कार्यालय ताप्लेजुङका कृषि प्राविधिक सहायक केदार धितालले जानकारी दिनुभयो ।

गत वर्ष आठ हजार ३०० हेक्टर क्षेत्रफलमा गरिएका खेतीमा २१ हजार ८२ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष राम्रो वर्षा हुनुका साथै मौसम अनुकूल भएकाले धान उत्पादन वृद्धि भएको कार्यालले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी