Skip to content
LAXMI SUNRISE BANK

कामना सेवा विकास बैंकद्वारा दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, खुद नाफा ३४ करोड ३६ लाख ८१ हजार रुपैयाँ !

अर्थ सरोकार

काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले ३४ करोड ३६ लाख ८१ हजार रुपैयाँ खुद नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको हो । बैंकको सो नाफा गत वर्षको तुलनामा ११.८९% ले कम हो ।
यस्तै बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा भने बढेको छ । बैंकको खुद ब्याज आम्दानी ३१.६६% ले बढेर ९० करोड ५९ लाख ६० हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ४१.५१% ले बढेर ४९ करोड ९ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।
पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा ९ करोड ६७ लाख ९२ हजार रुपैयाँमा सीमित भएको छ । साथै  बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ८७ पैसा र प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ०२ पैसा छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK