×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लस्कर फुड्सले ल्यायो रु ४९९को आकर्षक कम्बो अफर, बिहानको ३ बजेसम्म डेलिभरी हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लस्कर फुड्सले ल्यायो रु ४९९को आकर्षक कम्बो अफर, बिहानको ३ बजेसम्म डेलिभरी हुने

१४ माघ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले आकर्षक कम्बो अफर ल्याएको छ । लस्कर फुड्सले ४९९ रुपैयाँमात्रको कम्बो अफर ल्याएको हो ।

लस्कर फुड्सले सुपर बजेट कम्बो अफर नाम गरेर बजारमा आकर्षक कम्बो अफर ल्याएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन ओस्तीले बताए । लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घरघरमा पुर्याउने लक्ष्य लस्कर फुड्सले लिएको छ ।

लस्कर फुड्सको प्रमुखआकर्षणनै गुणस्तरीय खानेकुरा अनलाइनमार्फत् घरमै उपलब्ध गराउने लक्ष्य छ । तोकेको समय सीमाभित्रै अर्डर गरिएका खानेकुरा डेलिभरी गर्नु नै लस्कर फुड्सको प्रमुख उद्देश्य भएको कम्पनीको भनाइ छ । प्रभु–पे, इसेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट विल तिर्न मिल्ने व्यवस्था रहेको छ ।

साथै लस्कर फुडसले आफ्नो सेवा समय बिस्तारसमेत गरेको छ । लस्कर फुडसले बिहानको ३ बजे सम्म खाना खाजा पुर्याउने सेवासहित आकर्षक उपहार ल्याएको छ । ठमेल पक्नाजोलस्थित रहेको लस्कर फुड्सको कार्यालयमा सिधैं फोन गरेर वा लस्कर फुड अनुप्रयोग (एप)बाट आफूलाई मनपर्ने खाना-खाजा मगाउन सकिने , खानाको जानकारी लिन सकिने कम्पनीका निर्देशक समीर चौलागाईंले बताए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी