×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ऋण दिएको २ करोड रुपैयाँ नउठ्ने भएपछि नेपाल इन्भेष्टमेन्ट बैंकले पनि ग्रीनलाइनका सञ्चालकको सम्पत्ति लिलाम गर्दै…!

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले ऋण नतिरेर फरार भएका ग्रीनलाइनका सञ्चालकको सम्पत्ति लिलामको प्रक्रिया सुरु गरेका छन् । केहि दिनअघि मेगा बैंकले ग्रीनलाइनका सञ्चालक अभिषेक अग्रवाल र अमित अग्रवालको एलायन्स डिस्ट्रिब्युटर्स प्रालिको नाममा रहेको जग्गा लिलाम गर्न लागेको सूचना निकालेसंगै नेपाल इन्भेष्टमेन्ट बैंकले पनि उनीहरुको ज्ञानेश्वरमा रहेको घर तथा जग्गा  लिलाम गर्ने तयारी गरेको हो ।
अहिले मेगा बैंकले उनीहरुको कंलकी मालपोतमा दर्ता भएको जग्गा लिलाममा राखेको छ । मेगा बैंकले सो कम्पनीबाट २५ करोड रुपैयाँ असुल गर्नुपर्नेछ भने नेपाल इन्भेष्टमेन्ट बैंकले २ करोड असुल गर्नुपर्नेछ । राष्ट्र बैंकले कर्जाको विवरण माग गरेकोमा ४ वटा वाणिज्य बैंकले ८० करोड रुपैयाँ कर्जा दिएको राष्ट्र बैंकमा विवरण बुझाएका थिए ।
यता इन्भेष्टमेन्ट बैंकले रक्सीको बिक्री गर्ने प्रक्रिया सुरु गरेको छ । ओमप्रकाश अग्रवालले सन् १९९९ मा काठमाडौंमा ग्रीनलाइनको स्थापना गरेका थिए । सो कम्पनीले बैंकबाट ऋण लिएर महंगो रक्सीको व्यापार गर्दै आएको थियो । अहिले ओमप्रकाशको परिवार ऋण तिर्न नसकेर बेपत्ता भएको छ भने प्रहरीले उनको परिवारको खोजी कार्य जारी राखेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: