×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महालक्ष्मी विकास बैँकको दोश्रो त्रैमासको वित्तीय विवरण प्रकाशित, ४५ करोड ६२ लाख खुद नाफा कमाउन सफल !

काठमाडौं । महालक्ष्मी विकास बैंक लि.कोे चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरीएको छ । चालु आर्थिक वर्षको पौषमसान्त सम्ममा बैंकले ४५ करोड ६२ लाख खुद नाफा कमाउन सफल भएको छ । जुन गत वर्षको यही अवधिको तुलनामा ३१.५५ प्रतिशतले बढी रहेको छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप ४३ अर्ब १ करोड तथाकर्जा ४० अर्ब पुगेको छ । यस आर्थिक वर्ष बैंकले सञ्चालन आम्दानी तर्फ १ अर्ब १० करोड आम्दानी गर्री बैंक अर्बको क्लबमा उक्लिएको छ । त्यसै गरि गतआर्थिक बर्षको पौष मसान्त सम्मको खुद सञ्चालन मुनाफालाई ४१ प्रतिशतले बृद्धि गरी खुद सञ्चालन मुनाफा ६८ करोड आर्जन गरेको छ ।

समिक्षा अवधिमा बैंकले उल्लेख्य रुपमा खराबकर्जा घटाई गतबर्षको ४.७९ प्रतिशतको खराबकर्जालाई २.८९ प्रतिशतमा झार्न सफल भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २१.०५२६ प्रतिशत लाभांश प्रस्तावगर्न सफल बैंकले समग्र वित्तीय विवरणमा उल्लेख्य प्रगती गर्दै आगामी वर्ष पनि आकर्षक लांभाश दिन तर्फ उन्मुख रहेको देखिन्छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखा सञ्जाल रहेको बैंकले ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आईरहेको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: