महोत्तरी । महोत्तरीको मटिहानी–जनकपुर सडखण्डमा जाली नोटसहित सशस्त्र प्रहरीले गए राति एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्यको सीतामढी जिल्लाको मेघपुर ग्रामपञ्चायत बस्ने ४० वर्षीय नुरुल जोल्हा रहेको सशस्त्र प्रहरी बिओपी मटिहानीले जनाएको छ ।
गए राति भारतको मधवापुर सहरबाट जाली नोट बोकी नेपाल छिरेका नुरुल जनकपुर जाँदै गर्दा मटिहानी नपा-२ स्थित धिरापुरचोक नजिकै नियमित जाँचका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका नुरुलका साथबाट प्रहरीले नेपाली एक हजारका जाली नोट दुई थान बरामद गरेको छ भने निजमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्