बनेपा । बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री बसुन्धरा हुमागाँईले विद्यमान मलको समस्या समाधान गर्न प्रदेश सरकार अल्पकालीन र दीर्घकालीन योजना बनाउने बताउनुभएको छ । नेकपा(एकीकृत समाजवादी)का पनौती नगर कमिटीले पनौतीमा आयोजना गरेको युवा भेलामा उहाँले मलको समस्यालाई एकदेखि दुई हप्ताभित्रमा समाधान गर्ने बताउनुभयो ।
उहाँले बीउबिजनको गुणस्तर मापनका विषयमा देखिएका समस्या सम्बन्धित कार्यालयमार्फत आधिकारिकरूपमा समाधान गर्न योजना बढाइसकेको बताउनुभयो । त्यससँगै कृषि र पशुलाई जोडेर स्वास्थ्य केन्द्र स्थापना गरेर यही वर्षदेखि काम थालनी गर्ने उहाँको भनाइ छ । उहाँले बागमती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई सञ्चालन गरेर के–के काम गर्न सकिन्छ भनेर ५१ बुँदे मार्गचित्र तयार गरेर काम अगाडि बढाएको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) काभ्रेपलाञ्चोक जिल्ला कमिटी सचिवालय सदस्य विशेश्वर बञ्जाराले अब युवाले अरुको विरोध गर्नुभन्दा पनि रचनात्मक काम गरेर विकास निर्माणको काममा अगाडि बढ्न आवश्यक रहेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।
एकीकृत समाजवादी काभ्रेपलाञ्चोकका युवा सङ्गठनका इञ्चार्ज ईश्वर बञ्जाराले युवा पुस्तालाई विकासमा आकर्षित गर्नुपर्ने बताउनुभयो । भेलाले बुद्धकुमार श्रेष्ठको अध्यक्षतामा ६७ सदस्यीय युवासङ्घ नेपाल नगर कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा सचिदानन्द सापकोटा, शिवशङ्कर केसी र सीता काफ्ले, सचिवमा दीपक तामाङ, सहसचिवमा सुरेश केसी र कोषाध्यक्षमा अनुपा केसी रहुनभएको छ ।-रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्