×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको छ : शिक्षामन्त्री पौडेल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको छ : शिक्षामन्त्री पौडेल

Artha Sarokar

२५ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको बताएका छन् । शनिबार काठमाडौं आयोजित एशोसियएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन) को कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रीपौडेलले शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको बताएका हुन् ।

बाल्यावस्थामा बालबालिको सर्वाङगिक विकास हुने चरण भएकाले उनीहरुको भविष्य कस्तो हुने भन्नेमा शिक्षकहरुको पनि जिम्मेवारी हुने उनको भनाइ छ । ‘बाल्यावस्थामा अनुसासन, शिक्षा, र सस्कारसिकाउने कुरा हुन्छ’, उनले भने, ‘आमापछिको पाठशाला भनेको विद्यालय नै हो ।’

बच्चाको भावना बुझ्ने कुरामा पुरुषभन्दा महिलाहरु नै अघि भएको बताउँदै पेशामा लाग्नेहरुलाई संस्थाले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । ‘तपाईंहरुका अप्ठ्याराहरु छन् मैले बुझ्छु’ उनले भने, ‘ तोकिएको तलब तथा अन्य समस्याहरु मन्त्रालयले समाधान गर्छ ।’

मन्त्रीपौडेलले बालविकासका शिक्षकहरुलाई सरकारले तोकेको तलब उपलब्ध गराउन आफूले स्थानीयतहहरुसँग समन्वय गरिरहेको बताए । कार्यक्रममा देशका उत्कृष्ट प्रि–स्कुललाई अवार्ड प्रदान गरिएको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी