×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘उत्पादन जनशक्तिलाई ‘लिडिङ’ गर्ने सिटीईभिटीले हो’: शिक्षामन्त्री पौडेल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘उत्पादन जनशक्तिलाई ‘लिडिङ’ गर्ने सिटीईभिटीले हो’: शिक्षामन्त्री पौडेल

Artha Sarokar

१७ माघ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी)जनशक्ति उत्पादन गरी सीप र रोजगार सँग जोड्ने संस्था भएको बताएका छन् ।

आइतबार भक्तपुरस्थित सिटीइभिटीका कर्मचारीको छलफलमा मन्त्री पौडेलले देशलाई चाहिने जनशक्ति उत्पादन गर्ने संस्था सिटीइभिटी भएकाले वर्तमान अवस्थामा भएको भन्दा फरक योजना बनाई कार्यान्वयनमा लाग्न निर्देशन दिए । ‘ऐन, नियमावली र नितिमा समस्या छन् भने बुँदागत रुपमा ल्याउनुस् समाधान गरौं’ मन्त्री पौडेल भन्छन्, ‘ यो संस्था वर्तमानको स्थिति भन्दाफरक हुनपर्यो ।’

१०औं वर्ष देखिका फाइलहरु पेन्डिङमा राखेर नहुने बताउँदै मन्त्री पौडेलले निकास दिनेमा गम्भीर बन्न कर्मचारीलाई निर्देशन दिए । अब नयाँ बजेट बन्ने प्रक्रिया सुरु हुन लागेको भन्दै मन्त्री पौडेलले आवश्यकता के के हुन टिर्पोट गरेर मन्त्रालयमा पेश गर्न आग्रह गरे । ‘नयाँ बजेटको प्रक्रिया थालनी हुदैछ, मन्त्रीपौडेलले भने, ‘संस्थाका आवश्यकता के-के हुन् मन्त्रालयलाई दिनुहोस्’ मन्त्रालयले २०३० सम्म दिगो विकासको लक्ष्यलिएको बताउँदै त्यसका लागि अहिले देखि योजनाबद्ध रुपले काममा लाग्नु पर्नेमा जोड दिए ।

सोहीक्रममा शिक्षा सचिव यादव प्रसाद कोइरालले पारर्दशीता र सुसासनमा छुट नहुने भन्दै नियम विपरित भए मन्त्रालयले दण्डित गर्ने बताए । ‘मन्त्रालयले कर्मचारी र संस्थाको हितहुने गरी ऐन बनाउँछ,’उनले भने, ‘मन्त्रालय कर्मचारीको अभिभावकहो पारर्दशीता र सुशासनमा प्रतिबद्ध हुनुहोस् ।’

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी