×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सङ्खुवासभाका किसानले अनुदानमा पाए मौरीसहितको घार, मौरीपालनमा अब्बल नगर बनाउने उद्देश्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सङ्खुवासभाका किसानले अनुदानमा पाए मौरीसहितको घार, मौरीपालनमा अब्बल नगर बनाउने उद्देश्य

Artha Sarokar

२१ पुष २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिकाले नगरभित्रका किसानलाई अनुदानमा मौरीसहितको घार वितरण गरेको छ । नगरपालिकाले अपाङ्गता भएका व्यक्तिका परिवारलाई अनुदानमा मौरीसहितको घार वितरण गरेको हो ।
मौरीपालनमा अब्बल नगर बनाउने उद्देश्यसहित ११ वटै वडाका अपाङ्गता भएका व्यक्तिका ३३ परिवारलाई अनुदानमा मौरीसहितको घार वितरण गरेको नगरप्रमुख भरतकुमार खत्रीले बताउनुभयो । अपाङ्गता भएका व्यक्तिका परिवारलाई सातदिने मौरीपालनसम्बन्धी तालिमसहित मङ्गलबार मौरीसहितको घार वितरण गरिएको नगरप्रमुख खत्रीले बताउनुभयो । घारसहितको मौरी वितरण गर्दे नगरप्रमुख खत्रीले सहभागीलाई व्यावसायिक बन्न आग्रह गर्दै नयाँ व्यवसायीलाई थप सहयोगसमेत गर्ने धारणा राख्नुभयो । उहाँले ११ वटै वडाबाट छनोट भएका ३३ अपाङ्गता परिवारलाई घारसहितको मौरी वितरण गरिएको बताउनुभयो ।
अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत चैनपुर नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालयको लागत साझेदारीमा पुस १४ देखि २० गतेसम्म मौरीपालनसम्बन्धी तालिम गरिएको कार्यक्रमका फोकल पर्सन सूर्यकिरण भण्डारीले जानकारी दिनुभयो । चालू आर्थिक वर्षको कार्यक्रमअनुसार मौरीपालनका लागि किसान छनोट गरिएको भण्डारीले बताउनुभयो ।  -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी