काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ क्रमिक बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले बचत खाता तथा मुद्धती खाताको विशेषताहरुलाई समेटेर उक्त बचत खाता सञ्चालनमा ल्याएको हो । उक्त खातामा मासिक वा त्रैमासिक रुपमा एक निश्चित रकम न्यूनत्तम १ वर्ष देखी १० वर्ष अवधी सम्मको लागि जम्मा गरेको अवस्थामा १ वर्षेको व्यक्तिगत मुद्दती खातामा पाइने बराबरको नै ब्याज प्राप्त गर्न सकिनेछ ।
साथै त्रैमासिक रुपमा प्राप्त ब्याज पुन सोही खातामा नै जम्मा हुने बैंकले जनाएको छ । मुद्दतीकै ब्याज प्रदान गर्ने भएकोले ग्राहकहरुलाई उच्चत्तम लाभ हुने विश्वास बैंकको रहेको छ । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवक मा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिन बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्