Skip to content
LAXMI SUNRISE BANK

मुक्तिनाथ विकास बैंक र अनलाइन सपिङ्ग बजेट पसल डटकमबीच सम्झौता, अनलाइन सपिङ्गमा विशेष छुट पाईने

अर्थ सरोकार

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुलाई थप सेवा दिन काठमाडौं उपत्यकामा सञ्चालित अनलाइन सपिङ्गबजेट पसल डट कम(www.budgetpasal.com)सँग व्यवसायिक सम्झौताहरुमा हस्ताक्षर गरेको छ ।

बजेट पसल डट कमद्धारा केही किल्कबाट नै सजिलै विभिन्न सामाग्रीहरु जस्तै खाद्य वस्तुहरु, मोबाइल , ल्यापटप तथा अन्य विद्युतीय सामाग्री , घरेलु सरसफाई, सुन्दरताका सामाग्री तथा अन्य सामान सजिलै अनलाइन खरिद गर्न सकिने छ । होम डेलिभरीको व्यवस्था रहेको हुँदा यो सेवा आफू व्यस्त रहेको समय र कोरोनाको समयमा पनि निकै उपयुक्त रहने बैंकले विश्वास लिएको छ ।

सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले बजेट पसल  (www.budgetpasal.com) बाट ३,००० भन्दा बढिको सामान अनलाइन खरिद र भुक्तानी गर्दा ५ % सम्म छुटको फाइदा लिन सक्नेछन् ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको (ATM Card)प्रयोग गरी नेपाल भरी रहेको VISA Networkमा आवद्ध अन्य जुनसुकै बैंकको ATM Machine बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः९८०१११००२३)आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK