×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

म्याग्दीमा सुन्तला उत्पादनमा बृद्धि, दुई हजार ८० मेट्रिक टन उत्पादन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

म्याग्दीमा सुन्तला उत्पादनमा बृद्धि, दुई हजार ८० मेट्रिक टन उत्पादन

Artha Sarokar

२२ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

म्याग्दी । म्याग्दीमा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ । गत वर्षको तुलनामा चार दशमलव ५३ प्रतिशतले सुन्तला उत्पादन बढेको हो ।

कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले गत वर्षको तुलनामा १०० मेट्रिक टन सुन्तला बढी फलेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उत्पादन भएको ८० प्रतिशत सुन्तला बिक्री बजारमा पठाइएको छ ।” गत वर्ष ३४५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदा दुई हजार ८० मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष ३५५ हेक्टरमा लगाइएको बोटबाट दुई हजार १८० मेट्रिक टन सुन्तला उत्पादन भएको पाण्डेले बताउनुभयो ।

कृषकले बिक्री गरेको सरदर मूल्यका आधारमा जिल्लाभर १३ करोड बराबरको सुन्तला उत्पादन भएको छ । कृषकले प्रतिकिलो ५० देखि ८० का दरले सुन्तला बिक्री गरेका छन् । राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा सुन्तला अत्यधिक उत्पादन हुन्छ ।

म्याग्दीको सुन्तला पोखरा, चितवन, बुटवल, काठमाडौंलगायत ठाउँमा बिक्री हुँदै आएको छ । व्यापारीले बगैँचामै आएर सुन्तला खरिद गर्ने गरेको बेनी नगरपालिका–३ राखुका थमबहादुर पुनले बताउनुभयो । राखुमा एक करोड ५० लाख बराबरको सुन्तला बिक्री भएको छ । औसा परेर झर्ने समस्या नियन्त्रणका लागि कृषकलाई तालिम प्रदान गरिएको छ । बोट सुक्ने र पाक्ने बेलामा दाना झर्ने समस्या नियन्त्रणमा कृषक र प्राविधिक जुटेका छन् ।-रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी