×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नारायणी डेभलपमेन्ट बैंकको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रदमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म पाईन्छ भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नारायणी डेभलपमेन्ट बैंकको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रदमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म पाईन्छ भर्न ?

२७ पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने म्याद थप भएको छ । बैंकको पुस २२ गते बसेको सञ्चालक समिति बैठकले हकप्रद भर्ने म्याद माघ १२ गतेसम्म पुर्याएको हो । यसअघि हकप्रद सेयरमा आवेदन दिने म्याद भने पुस २७ गतेसम्म थियो ।
बैंकले पुस ७ गतेदेखि १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँ बराबरको १ः१ अनुपातमा १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर जारी गरेको हो । बैंकको सो हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी आइआर सिंगल सी प्लस रेटिङ्ग प्रदान गरेको छ ।
उक्त हकप्रद सेयरको लागि यसले मंसिर २४ गते बुक क्लोज गरेको छ । तसर्थ, मंसिर २३ गतेसम्म कायम लगानीकर्ताले बैंकले निष्कासन गरेको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी