Skip to content
LAXMI SUNRISE BANK

नेशनल माइक्रोफाइनान्सको वार्षिक साधारणसभा माघ ६ गते हुने, ४५ प्रतिशत लाभांश पारित गर्ने मुख्य एजेन्डा पेस गरिने !

अर्थ सरोकार

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा माघ ६ गते हुने भएको छ । कम्पनीको सभा क्रिक रिसोर्ट, धादिङबेसी धादिङमा बिहान ११ बजेदेखि सुरु हुने भएको हो । सभामा कम्पनीले गत वर्षको नाफाबाट ४०% बोनस सेयर र कर प्रयोजनसहित ५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ । यस्तै सभामा अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइने एजेन्डा पनि छ ।
सभामा आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा पनि राखिएको छ । कम्पनीले सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुक क्लोज गरेको छ । पुस २६ गतेसम्म कायम रहेका लगानीकर्ताले लाभांश पाउनेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK