×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसीसी बैंकको २४औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित ८ प्रतिशत लाभांश पारित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एनसीसी बैंकको २४औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित ८ प्रतिशत लाभांश पारित

Artha Sarokar

२९ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी)को २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैकको सञ्चालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेको सभापतित्वमा उक्त सभा सम्पन्न भएको हो ।

उक्त सभाले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट ८.०० प्रतिशत बोनस सेयर र सो बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि चुक्तापूँजीको ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ । सभाबाट पारित ८ प्रतिशत बोनस शेयर वितरण पश्चात बैंकको चुक्तापूँजी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार १४ पुग्ने भएको छ ।

बैंकको सभाले आर्थिक वर्ष २०७८/७९को लेखापरीक्षण कार्यकालागि प्रधान एण्ड शाक्य एसोसिएटस्, चार्टर्ड एकाउन्टेन्टस्लाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८मा ११० अर्ब ८० करोड निक्षेप परिचालन गरी ९८अर्ब ३२ करोड खुदकर्जा प्रवाह गरेको छ । साथै उक्त आर्थिक वर्षमा कर तथा बोनस पछि १ अर्ब ३३ करोड खुदमुनाफा आर्जन गरेको छ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा १२ वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी