काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ६८ हजार ७८३ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
बैंकका एक जना संस्थापक सेयरधनी संस्थापक डा. रामप्रसाद पोख्रेलले आफ्नो नाममा रहेको ६८ हजार ७८३ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । यसमा, इन्भेष्टमेन्टकै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । यसको मूल्य भने तोकिएको छैन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापकले अब ३५ दिनभित्र इन्भेष्टमेन्ट बैंकको प्रधान कार्यालय दरवारमार्ग, काठमाडौंमा निवेदन दिनसक्नेछन् । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।