काठमाडौँ । नेपाल लाइफ इन्स्याेरेन्स कम्पनीले नयाँ बाेनस दर सार्वजनिक गरेको छ । कम्पनीले बीमा समितिबाट माघ १३ गते स्वीकृत भए अनुसार विभिन्न प्रकारका बीमा योजनाहरूकाे आर्थिक वर्ष २०७६/७७ को बोनस दर सार्वजनिक गरेको हाे ।
सावधिक बीमा याेजनामा प्रति हजार न्यूनतम ६० रूपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनस कायम गरिएको छ भने सावधिक तथा आजीवन बीमा योजनामा पनि प्रति हजार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनस कायम गरिएको छ ।
यस्तै अग्रिम भुक्तानी बीमा योजनामा प्रति हजार न्यूनतम ५६ रुपैयाँदेखि अधिकतम ५८ रूपैयाँसम्म बाेनस पाइनेछ । कम्पनीकाे अग्रिम भुक्तानी सावधिक बीमा याेजनामा प्रति हजार ६० रूपैयाँ बोनस प्राप्त गर्न सकिनेछ ।