×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नेपाल टेलिकमको प्रबन्ध निर्देशक बनाउने कार्यविधि कुनै व्यक्ति विशेषको लागि होइन’ : सचिव अर्याल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘नेपाल टेलिकमको प्रबन्ध निर्देशक बनाउने कार्यविधि कुनै व्यक्ति विशेषको लागि होइन’ : सचिव अर्याल

Artha Sarokar

१९ पुष २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले नेपाल टेलिकमको प्रबन्ध निर्देशक बनाउने कार्यविधि कुनै व्यक्ति विशेषको लागि नभएको बताउनु भएको छ । सोमबार प्रतिनिधिसभा अन्र्तगतको विकास तथा प्रविधि समितिको बैठकमा नेपाल टेलिकम प्रबन्ध निर्देशक नियुक्तीको कार्यविधि कुनै व्यक्ति विशेषको लागि नभएको प्रष्टयाउनु भएको हो । सचिव अर्यालले कार्यविधि समितिको निर्देशनको आधारमा नै बनेको बताउनु भयो । उहाँले पछिल्लो समय नेपाल टेलिकमको ग्राहक बढ्दै गएको जानकारी पनि समितिलाई गराउनु भयो ।
डा. सचिव अर्यालले भन्नुभयो, ‘पहिला मोवाइलहरु विलासिताका वस्तु थियो । अहिले अनिवार्य आवश्कताको भित्र पर्ने गरेको छ। जति धेरै मोवाइल प्रयोगकर्ता बढेता पनि नेपाल टेलिकमले जसरी पनि सबैलाई सेवा दिनुपर्छ। टेलिकमको पछिल्लो समय मार्केट शेयर राम्रो सुधार भएको छ । बजारको जम्मा हिंसाको ५० प्रतिशत नेपाल टेलिकमको मोवाइल नम्बर , इन्टरनेट र भ्वाइस प्रयोग गर्ने गरिएको छ । टेलिकम प्रतिशतलाई हेरेर खुसी मनाएर बस्नु पर्ने भन्ने होइन्। शेयर मार्केट बढ्दा ग्राहक मात्रै बढाउने मात्रै नभएर ग्राहकलाई चाहिने सेवा सुविधा तथा गुणस्तरिय सेवा बढाउन जरुरी रहेको छ। यस्तो भएमा मात्रै ग्राहकले सन्तुष्टि मान्ने छन्। गुणस्तरिय सेवा विस्तार गर्ने गरी तयारीमा टेलिकम रहने छ । टेलिकमको पछिल्लो समय रणनीतिक साझेदारी ल्याउने विषय धेरै लामो समय देखि छलफल हुँदै आएको विषय हो । यो विषयमा अर्थ मन्त्रालयमा रहेको नीजिकरण समितिले अध्ययन गर्ने छ । सांसदहरुले समितिको छलफलमा उठाएको महत्वपूर्ण विषयमा टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिको कार्यविधिको विषय रहेको छ। यो कार्यविधि कुनै पनि हिसावमा नेपाल टेलिकममा काम गरिहेका कर्मचारीलाई बन्देज लगाउन खोजेको छैन । यसमा न त कुनै व्यक्ति विशेषलाई गर्न खोजेको पनि होइन । यो प्रबन्ध निर्देशक नियुक्तिको कार्यविधि समितिको निर्देशन अनुसार नै खुल्ला प्रतिस्पर्धाबाट छनोट गरिन्छ । नेपाल टेलिकममा मात्रै खुल्ला प्रतिस्पर्धाबाट ल्याउन लागेको होइन । यो सबैको लागि हो । होइन भने खुल्ला प्रतिस्पर्धाबाट छनोट गर्ने कार्यविधि नै खारेज गर्नु प¥यो । नत्र खुल्ला प्रतिस्पर्धाबाट छनोट गर्दा क्षमतावन व्यक्ति निर्देशक बन्छ । त्यसरी नै नियुक्त गरिन्छ । तर यसमा कुनै व्यक्ति विशेषलाई लक्षित गरेर कार्यविधि नल्याएको होइन । कुनै व्यक्ति विशेष मात्रै भएको भए ९ जनाको आवेदन पर्ने थिएन्। यसको लागि ३५ वर्ष पुरा भएर ५६ वर्ष ननागेको व्यक्ति आवेदन दिन सक्छन्। यहाँ दुई तीन वर्षको लाविग नभएर पुरा ४ वर्ष काम गर्ने गरी नियुक्त गर्नु भएकाले खुल्ला प्रतिस्पर्धाबाट छनोट गर्ने प्रक्रिया ल्याएको हो । प्रबन्ध निर्देशक भए पश्चात पुरा कार्यकाल काम गर्न पाउनु पर्ने मान्यता रहेको छ । यसले टेलिकममा काम गर्ने कर्मचारीलाई कुनै बन्देज लगाउन खोजिएको भने होइन ।’
सचिव अर्यालले खुल्ला प्रतिस्पर्धाबाट प्रबन्ध निर्देशक नियुक्ति हुने भएकाले सक्षम व्यक्ति आउने विश्वाससमेत व्यक्त गर्नुभयो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी