×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेप्सेमा बुलको दोश्रो सिजन सुरु : माघ महिनाको पहिलो दिन नै यसरी हरियालीमय बन्यो बजार, कारोबार रकममा पनि उत्साह

काठमाडौं । साताको कारोबारको पहिलो दिन अर्थात माघ महिनाको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचकमा उत्साहजनक बढोत्तरी देखिएको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ६९.०० अंकले बढेर २९२६.७४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २२९ कम्पनीको १ करोड ८२ लाख ५४ हजार ४२५ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ६७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावरको भएको छ । यस कम्पनीको ३६ करोड ४३ लाख १७ हजार ५३१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यस्तै आइतबारको सेयर बजारमा एभरेष्ट इन्स्योरेन्सको प्रमोटर सेयरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा बढीले घटेको हो । एभरेष्ट इन्स्योरेन्सको प्रमोटर सेयरमा यस्तो गिरावट आउँदा ग्लोबल आइएमई बैंक डिबेन्चर (२०८०/८१), बोटलर्स नेपाल (तराई), मनकामना स्मार्ट लघुवित्तमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः
  
यसैबीच आइतबारको बजारमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावरको भएको छ । यस कम्पनीको ३६ करोड ४३ लाख १७ हजार ५३१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा अपि पावर कम्पनी, अपर तामाकोशी हाइड्रोपावर, शिवम् सिमेन्ट, निफ्रा, हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नेपाल टेलिकम, हिमालयन डिस्टिलरी, न्यादी ग्रुप पावर र नबिल बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः
यसैगरी आइतबारको सेयर बजार स्टान्डर्ड चार्टड बैंकका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यो बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा मध्य भोटेकोशी जलविद्युत कम्पनीका, किसान लघुवित्त, हिमालयन डिस्टिलरी, सिन्धु विकास बैंक, सिभिल बैंक, अरुण भ्याली हाइड्रोपावर, मन्जुश्री फाइनान्सका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: