काठमाडौं । एनआई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखाकार्यालय बेलबारीले आफ्नो शाखा कार्यालयमा आबद्ध सेवाग्राही सदस्यहरुस्व.चन्द्रकला राई र शानी धिमालको बीमा दाबी रकम निजको परिवारलाई हस्तान्तरण गरेको छ ।
बीमादाबी भुक्तानी रकम हस्तान्तरण गर्न आयोजित कार्यक्रममा संस्थाको कर्मचारीहरु, संस्थामा आवद्ध सदस्यहरु तथा परिवारजनको उपस्थितिमा सम्बन्धित केन्द्रका सेवाग्राही सदस्यहरुको श्रीमानहरु गंगाबहादुर लिम्बु र बन बहादुर धिमाललाई जनही १०,५०,००० र १२,७५,००० को चेक रकम हस्तान्तरण गरेको हो ।