काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले माध्यमिक शिक्षा परिक्षा(SEE) मा उत्कृष्ट गर्ने संस्थामा आबद्ध आफ्ना सेवाग्राही सदस्यका छोराछोरीलाई देशव्यापी रुपमै पुरस्कृत गरेको छ ।
संस्थाले २०७७ सालको माध्यमिक शिक्षा परिक्षा(SEE)मा सहभागीभई उतीर्ण गरेका सदस्यका छोराछोरीको देशव्यापीविवरण संकलन गरेर न्यून्तम ३ GPA सो भन्दा बढी GPA ल्याउने सेवाग्राही सदस्यका छोराछोरीलाई पुरस्कृत गरेको हो ।
संस्थाले पुरस्कार वितरणका लागि आन्तरिक मापदण्ड बनाई २८५ वटै शाखा कार्यालयहरुबाट विवरण संकलन गरीएको थियो । त्यसको आधारमा शाखागत रुपमाबढि GPA ल्याई प्रथम,द्धितीय र तृतीय हुनेलाई र संकलित विवरणकै अधारमा देशव्यापी रुपमा पुनःप्रथम, द्धितीय र तृतीय हुनेलाई थप पुरस्कार रकम वितरण गरेको छ ।
त्यसै अनुरुप शाखा कार्यालय गोकुलेशवर, डडेल्धुराकी सेवाग्राही सदस्य मानमति वोडको छोरा सन्तोष वोडले संस्थालाई विभिन्न शाखा कार्यालयहरुबाट प्राप्त विवरणको आधारमा देशव्यापी ३.७५ GPA ल्याई प्रथम भएकोले एक कार्यक्रमको आयोजना गरी प्रथम पुरस्कार स्वरुप नगद १७,५०० वितरण गरेको हो ।
त्यस्तै संस्थाले डडेल्धुराकै शाखा कार्यालयहरु भद्रपुरज्यामेरु, बैतडीको पाटन र मारोङ्गको इटहरामा पनि शाखागत उत्कृष्ट ल्याउने विधार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । यसरी संस्थाले देशभरी नै एकै साथ कार्यक्रम आयोजना गरि छनोटमा पर्न सफल विभिन्न शाखा कार्यालका सेवाग्राही सदस्यका छोराछोरीहरुलाई पुरस्कार वितरण गरेको हो ।
शाखा कार्यालय गोकुलेशवर, डडेल्धुरा शाखा प्रमुख दिपक राज भट्टले दिगो विकासको लक्ष्य २०१६ देखि २०३० मा पर्ने गुणस्तरीय शिक्षाको लक्ष्यलाई प्रष्ट पार्दै एनआईसी एशिया लघुवित्तले प्रत्यक्ष रुपमा सो लक्ष्य प्राप्तीका लागि काम गरिरहेको र संस्थमा आबद्ध सेवाग्राही सदस्यका छोराछोरीले यसरी प्रगती गर्दा संस्थाले लगानी गरेका कर्जालेसमेत गुणस्तरीय शिक्षा हाँसिल गर्न सहयोग गरेको प्रमाण प्रष्ट देखिएको बताएका छन् ।
स्वच्छ प्रतिस्प्रर्धा सँगै गुणस्तरीय सेवा प्रदान गरेकाले नै संस्थामा आबद्ध सदस्यका छोराछोरीले राम्रो शिक्षा पाएको प्रष्ट्याउदै वितरण गरिएको नगद राशीलेसमेत अगामी दिनमा गुणस्तरी शिक्षा हासिल गर्न सहयोग मिल्ने बताए । त्यस्तै,वितरण कार्यक्रममा सहभागीहरुले संस्थाले उदाहरणीय कार्य गरेको भन्दै खुशी व्यक्त गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्