×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया बैंकले बिक्रीमा ल्यायो नेशनल लाइफ इन्स्योरेन्सको ५७ हजार १९२ कित्ता सेयर, प्रतिकित्ता भाउ कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआइसी एसिया बैंकले बिक्रीमा ल्यायो नेशनल लाइफ इन्स्योरेन्सको ५७ हजार १९२ कित्ता सेयर, प्रतिकित्ता भाउ कति ?

Artha Sarokar

२८ पुष २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको ५७ हजार १९२ कित्ता संस्थापक सेयर आज (पुस २८ गते) देखि लिलामीमा बिक्री खुला भएको छ । बैंकको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको ५७ हजार १९२ कित्ता संस्थापक सेयर बिक्री खुला भएको हो ।
लगानीकर्ताले यसमा माघ ५ गतेसम्म बोलपत्र पेश गर्न  सक्नेछन् भने सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३८७ रुपैयाँ ३० पैसा तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सकिने कम्पनीले जनाएको छ ।
यस्तै एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालय थापाथली काठमाडौं तथा यसका विराटनगर, वीरगंज, बुटवल, पोखरा, धनगढी र सुर्खेत शाखाबाट पनि आवेदन दिन पाउने व्यवस्था रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी