×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नर्भिकले माघ २ देखि कोभिड ओपिडी सुरु गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नर्भिकले माघ २ देखि कोभिड ओपिडी सुरु गर्ने

Artha Sarokar

३० पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै नर्भिक इन्टरनेशनल हस्पिटलले ‘कोभिड ओपिडी क्लिनिक सेवा’ संचालन गर्ने निर्णय गरेको छ ।

नर्भिकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रकाअनुसार अस्पतालमा आउने अन्य बिरामीहरुलाई हुनसक्ने संभावित संक्रमणबाट बचाउन सकियोस् तथा संक्रमितले डेडिकेटेड विशेषज्ञबाटै गुणस्तरीय सेवा पाओस् भन्ने उद्देश्यले अस्पतालले मुख्य भवनभन्दा केही पर अलग्गै स्थानमा ‘कोभिड ओपिडी सेवा’ संचालन गर्न लागेको हो ।

माघ २ गतेदेखि नर्भिकको पार्किङ क्षेत्र नजिकै अलग्गै स्थानमा निर्मित भवनमा कोभिड ओपिडी सेवा संचालन हुने भएको छ । कोभिड ओपिडीमा कोभिड भएका वा कोभिड भइसकेकाहरुमा देखिनसक्ने स्वास्थ्य समस्याको विषयमा गुणस्तरीय परामर्श सेवा दिइनेछ । चेष्ट फिजिसियनसहितका विशेषज्ञहरुबाट परामर्श सेवासहित अस्पताल भर्ना गर्नुपर्ने कोभिड संक्रमितहरुलाई त्यही रहेको कोभिड वार्ड तथा कोभिड आइसियूमा राखी उपचार गर्ने भएको छ ।

कोभिडबाट संक्रमित भई सामान्य स्वास्थ्य समस्या भोग्ने र कोभिडपछि पनि विभिन्न समस्या भोग्नेहरुलाई लक्षित गरी डेडिकेटेड चिकित्सकसहितको ‘कोभिड ओपिडी’ संचालन गर्ने नर्भिक संभवत देशकै पहिलो निजी क्षेत्रको अस्पतालसमेत हो ।

यसअघि नर्भिक तथा अन्य अस्पतालहरुले फिभर क्लिनिक संचालन गरे पनि कोभिड संक्रमितलाई नै लक्षित गरी ओपिडी सेवा नै भने सुरु गरेका थिएनन् । यसअघि नर्भिक अस्पतालले कोभिड भइसकेकामा देखिने जटिल स्वास्थ्य समस्याको समयमै निराकरणमा सहयोग पुगोस् भन्ने उद्देश्यले ‘पोस्ट कोभिड प्याकेज’ कार्यान्वयनमा ल्याएको थियो । निकै सस्तो मूल्यको यो प्याकेज लिएर कोभिड निको भएर पनि विभिन्न समस्या भोगिरहेका सयौं बिरामीले गुणस्तरीय परामर्श सेवा र उपचार पाएका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी