×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकले माग्यो ग्रीनलाइनलाई बैंकले दिएको कर्जाको विवरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

राष्ट्र बैंकले माग्यो ग्रीनलाइनलाई बैंकले दिएको कर्जाको विवरण

Artha Sarokar

२९ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी रक्सीको कारोबार गर्ने ग्रीनलाइन सेन्टर प्रालिलाई बैंकहरुले दिएको कर्जा विवरण मागेको छ । कम्पनीका संचालक अभिषेक अग्रवाल र अमित अग्रवाल बैंकको १ अर्ब बढी कर्जा नतिरी भागेपछि राष्ट्र बैंकले सो विवरण माग गरेको हो ।
हाल ग्रीनलाइनको सोरुममा नेपाल इन्भेष्टमेन्ट बैंक र एभरेष्ट बैंकको मात्रै सूचना टास गरिएको छ तर संचालकले भने ५ वाणिज्यबाट लिएको ऋण नतिरी भागेका हुन् । यी २ बैंकले सो कम्पनीलाई हाइपोथेकेसन कर्जा दिएको जनाएका छन् । यस्तै ग्लोबल आइएमई बैंकलेसमेत कम्पनीका सञ्चालकलाई ऋण दिएको बताइएको छ ।
अग्रवाल दाजुभाई बैंकको ऋण नतिरी भागेपछि अहिले कम्पनीको कान्तिपथ र दरबारस्थित दुबै शोरुम एक सातायता बन्द छन् । कम्पनीमा अभिषेक अग्रवाल प्रबन्ध निर्देशक र अमित अग्रवाल प्रमुख कार्यकारी अधिकृतका रुपमा जिम्मेवारी सम्हालेका थिए ।
सन् १९९९ मा जनकपुरका ओमप्रकाश अग्रवालले ग्रीनलाइन सेन्टर कम्पनी स्थापना गरेका थिए । कम्पनीले महंगा विदेशी ब्राण्डका रक्सीहरु बिक्री गर्दै आएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी