×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा २ अर्ब ३० करोड रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा २ अर्ब ३० करोड रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक !

Artha Sarokar

१६ माघ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा २ अर्ब ३० करोड रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो अवकाश कोष अन्तर्गत पेन्सन तथा उपदान कोषमा रहेको सो रकम बैंक तथा वित्त कम्पनीको मुद्दति निक्षेपमा एक वर्षका लागि राख्न लगेको हो ।
राष्ट्र बैंकले इच्छुक बैंक तथा वित्त कम्पनीलाई रित पुर्याई उचित ब्याजसहित निक्षेप माग गर्न आह्वान गरेको छ । सूचनाअनुसार एक अर्ब ८४ करोड रुपैयाँ वाणिज्य बैंकहरुले पाउने छन् भने बाँकी ४६ करोडमा विकास बैंक र लघुवित्तले क्रमशः ३४ करोड ५० लाख रुपैयाँ र ११ करोड ५० लाख रुपैयाँ पाउने छन् ।
आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तिमा २ वर्ष पूरा गरेको हुनुपर्नेछ भने राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम भएको र निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको हुनुपर्ने बैंकले बताएको छ । एक वर्षका लागि प्रदान गरिने उक्त निक्षेप आगामी फागुन ३ गते जारी गरेर अर्को वर्ष २०७९ फागुन ३ गते परिपक्‍व हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी