काठमाडौं । नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त भएकी छन् । कम्पनीका नायब प्रबन्ध निर्देशक वैद्यलाई मन्त्रालयको (सचिवस्तरको) निर्णयानुसार निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको टेलिकमले जनाएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रबन्ध निर्देशकको पदका लागि दरखास्त आह्वान भएको तर हाल सो प्रक्रिया सम्पन्न भइनसकेको परिस्थितिमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आइतबारको पत्रानुसार उनलाई जिम्मेवारी दिइएको हो ।
उनले कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन भने आज (पुस १९ गते)देखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी समालेकी छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्