काठमाडौँ । नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले नेपाल आयल निगमले २०५८ सालबाट बोनस नबाढेको दाबी गर्नुभएको छ । पेट्रोलियम पदार्थको सहज आपूर्ति र स्वचालित मूल्य प्रणालीसम्बन्धी अन्तरक्रिया कार्यक्रमा निगमका प्रवन्ध निर्देशक सुरेन्द्र पौडेलले तीन अर्वको फिगरले गर्दा बोनसको कुरा जनमानसमा उठ्ने गरेको बतादै २०५८ साल भन्दा यता बोनस बाडिएको मिति गिममा नभएको दाबी गर्नुभएको हो ।
उहाँले आयल निगमले मूल्य बृद्धि गर्नु रहर नभई बाध्यता भएको तर्क गर्नुभयो । उहाँले नेपालमा पेट्रोलियम पदार्थको शुद्धतामा कुनै सम्झौता नगरिने जानकारी दिँदै नेपालमा युरो मापदण्डको पेट्रोलसमेत आयात गरिएको बताउनुभयो ।
नेपालमा पाइपलाइनबाट पेट्रोल आयात गर्दा शुद्धतामा कमि नआएको बताउँदै पौडेलले नेपाल आयल निगमको ल्याव नै भरपर्दो भएले शुद्धतामा शंका नगर्न आग्रह गर्नुभयो । उहाँले नेपालमा दुइवटा पाइपलाईन बन्ने अवस्थामा रहेकाले पेट्रोलियम पदार्थ आयातमा अझै सहज हुने बताउनुभयो । नेपालमा पेट्रोलियम पदार्थको सहज तरिकाले आयत गर्नुपर्ने कार्यक्रमा सहभागिहरुको भनाई थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्