×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जलनपीडित बालबालिकाको उपचारमा पाल्पा सिमेन्टको सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

जलनपीडित बालबालिकाको उपचारमा पाल्पा सिमेन्टको सहयोग

Artha Sarokar

२ माघ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । न्यून र मध्यम आयश्रोत भएका देशहरूमा जलन वा पोल्ने एउटा प्रमुख स्वास्थ्य समस्या हो । त्यसैगरी नेपालमा यसको उपचारमा चिकित्सकहरु र विशेषज्ञताको कमिका कारण धेरै समस्या आइपर्ने गर्छ ।

यस समस्यालाई मध्यनजर राखी नेपालमा उच्च गुणस्तर र कम लागतमा जलनपीडितको उपचारका लागि काठमाडौंको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल सन् १९९७ मा स्थापना भएको हो । देशको सामाजिक र आर्थिक कल्याणमा योगदान दिने कदमहरु चाल्दै आएको पाल्पा सिमेन्ट प्रा. लिले सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार गर्ने १८ वर्षमुनिका जलनपीडित बालबालिकाको उपचारका लागि आर्थिक सहयोग गर्ने भएको छ ।

जलन पिडित बालबालिकाको लागि सानो केहि सहयोग गर्न पाएकोमा पाल्पा सिमेन्ट प्रा. लि. ले खुशी व्यक्त गरेको छ । साथै, आउदा दिनहरुमा पनि यस्तै सामाजिक कार्यहरुलाई सुचारु गर्दै लैजाने पाल्पा सिमेन्टले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी