×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पञ्चकन्या माई हाईड्रोपावरले अब तीन आर्थिक वर्षको वार्षिक साधारणसभा भर्चुअल माध्यमबाट गर्ने

PRIME CA

पञ्चकन्या माई हाईड्रोपावरले अब तीन आर्थिक वर्षको वार्षिक साधारणसभा भर्चुअल माध्यमबाट गर्ने

२७ पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । पञ्चकन्या माई हाईड्रोपावरले तीन आर्थिक वर्षको संयुक्त साधारणसभा पुस २८ गते भर्चुअल माध्यमबाट गर्ने भएको छ । कम्पनीले मंगलबार सूचना जारी गर्दै कोभिडको संक्रमण बढिरहेको भन्दै भौतिक उपस्थिति जोखिम भएकाले भर्चुअल माध्यबाट सभा गर्ने जानकारी दिएको हो ।
सम्बन्धित सेयरधनीहरुलाई सोही बमोजिम उपस्थितिको लागि व्यवस्था मिलाईने जानकारीसमेत कम्पनीले दिएको छ । कम्पनीको पुस ५ गतेको सञ्चालक समितिको बैठकले कुपण्डोल ब्यांक्वेट, कुपण्डोल, ललितपुरमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको थियो । सभाले आर्थिक वर्ष ०७५/७६, ०७६/७७ र ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरुलाई पारित गर्नेछ ।
यस्तै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि सभाले टुङ्ग्याउनेछ । संस्थापक समूहबाट चार जना सञ्चालक निर्वाचन वा मनोनयन गर्ने विषय पनि सभाका लागि तय भएको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते बुक क्लोज गरिसकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: